देशभर ३३ हजार एचआइभी संक्रमित, चितवनमा एक बर्ष १७ जनाको मुत्यु

अर्जुन अधिकारी

चितवन, १५ मंसिर  । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ ।

केन्द्रका निर्देशक डा। विकास लामिछानेका अनुसार २० हजार २३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८५ ले कमी आएको छ । नेपालमा पनि आशातीत रूपमा नयाँ संक्रमितको संख्यासँगै मृत्युदर पनि घटेको छ,’ ३०औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक डा। लामिछानेले भने । यस वर्ष विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित मनाइँदै छ ।

७० प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट

निर्देशक लामिछानेले नेपालमा ७०५ एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको बताए । उनका अनुसार १४ हजार ५४४ जना एचआइभी संक्रमितले मात्रै उपचार गराइरहेका छन् । ‘आजका दिनसम्म पनि एचआइभी संक्रमित खुलेर आउने गरेका छैनन्,’ उनले भने । धेरै संक्रमित परिवारको डरका कारण भारतमा गएर उपचार गराउन बाध्य भएको उनले बताए । एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको छ ।

चितवनमा एक बर्ष १७ जनाको मुत्यु
चितवनमा एचआईभी (एड्स) रोगका कारण गएको एक बर्षमा १७ जनाको मुतयु भएको छ । समुदायमा आधारित एचआईभी परीक्षण कार्यक्रम अन्र्तगत भरतपुर अस्पतालमा उपचार गरेका े पछिल्लो एक वर्षमा ११ पुरुष र ६ महिला गरि १७ जनाको मृत्यु भएको भरतपुर अस्पतालका एआरटी सेन्टरका कन्सलटेन्ट डा.उन्नत श्रेष्ठले जानकारी दिए ।
भरतपुरमा सन् २०१७ जनवरीदेखि नोभेम्बरसम्ममा कुल १५ हजार ४ सय ५० जनाले एचआईभी परीक्षण गराएको भरतपुर अस्पतालका एआरटी सेन्टरका कन्सलटेन्ट डा.उन्नत श्रेष्ठले जानकारी दिनुभयो । जसमध्ये ८३ जनामा एचआईभी संक्रमण देखिएको अस्पतालले जनाएकाृ छ । एचआईभीको शंका लाग्ने वित्तिकै अस्पताल आउनेको संख्या बढेको छ उनले भने यसले संक्रमितहरु पनि खुलेर आउन थालेको संकेत गर्दछ ।
भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरमा पछिल्लो एक वर्षमै १४ हजार ३ सय जनाले खुलेरै एचआईभी परीक्षण गराएका छन् । यस्तै समुदायमा आधारित एचआईभी परीक्षण गराउने संख्या पनि एक हजार एक सय ५० जना रहेका छन् । यो तथ्यांकले पनि एचआईभी प्रति नेपालीहरु सचेत बनेको देखाउँछ ।
अहिले भरतपुर अस्पतालमा एआरभी औषधि सेवन गर्ने संक्रमितहरु ७ सय ६४ जना रहेका छन् । जसमा ३३६ पुरुष, ३६३ महिला र ६५ बालबालिका रहेका छन् । १३५ जना नयाँ बिरामीले औषधि सुरु गरेका छन् भने ८ जना औषधि खानको लागि तयारी अवस्थामा छन् ।

Promise Education Consultancy