हवाई इतिहासको ६८ वर्ष स् ८४ दुर्घटना, ६ सय ६८ को मृत्यु

काठमाडौं, १५ मंसिर । नेपाली हवाई क्षेत्रले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ। समयसमयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट ९कालोसूची०मा यसलाई राखेको थियो। यसअघि विश्व नागरिक उड्डयन ९आईकाओ०ले पनि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ९त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल०लाई कालोसूचीमा राखेको थियो। करिब ६ महिनाअघि मात्रै यसलाई आइकाओले नेपालको आकाश सुरक्षित रहेको भन्दै फुकुवा गरिसकेको छ।
नेपाली आकाशमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी(एजेटएक्स डीसी(३ जहाज बाराको सिमरामा दुर्घटना भएको थियो। यो नै नेपाली भूमिमा भएको पहिलो जहाज दुर्घटना थियो।
त्यो दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए। ६८ वर्षे हवाई इतिहासमा ८४ वटा जहाज दुर्घटना भएका छन्। जहाज दुर्घटनामा परी ६ सय ६८ जना विदेशी र स्वदेशी नागरिकले ज्यान गुमाइसेका छन्। दुर्घटनामा एक सय चार जना घाइते भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ। हालसम्म आन्तरिक उडानका जहाज दुर्घटनामा परी दुई सय ९६, अन्तर्राष्ट्रिय उडानमा तीन सय ११ र हेलिकोप्टर दुर्घटना ५९ जनाले ज्यान गुमाएका छन्। आजको अन्नपूर्णपोष्टमा खबर छ।

Promise Education Consultancy