यसकारण प्रचण्डले एकाएक अविर माला लगाउन छोडे

काठमाडौं, १४ मंसिर । प्राय औपचारीक कार्यक्रममा अविर मालाले सजिसजाउ हुने पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजकाल अविर र माला लगाउन छाडेका छन्।
चुनावी अभियानमा व्यस्त रहेका प्रचण्ड यसपाली निर्वाचन अवधिभर माला र अविरले नसजिने मनसायमा छन् । ३ मंसीरमा छोरा प्रकाशको हृदयघातका कारण निधन भएपछि शोकमा परेका प्रचण्ड त्यसमाथि, प्रकाश दाहालको शोकसभामा गीत गाउँदा–गाउँदै ५ मंसीरमा हृदयघातका कारण माओवादी केन्द्रका सल्लाहकार समेत रहेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएपछि चुनावी अभियानभर अविर र माला नलगाउने निर्णयमा पुगेको उनका सहयोगीले बताए ।

Promise Education Consultancy