नेपाली काँग्रेसको घरदैलो र कोणसभा

चितवन (रत्ननगर) १४ मंसिर ।  नेपाली काँग्रेसले चितवन क्षेत्र नं.१ मा चुनावी गतिविधिलाई तीब्र पारेको छ । निर्वाचन नजिकिदै गर्दा काँग्रेसका उम्मेदवारहरुले घरदैलो र कोणसभा गरी भोट माग्ने कामलाई तीब्र पारेका हुन । प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी,प्रदेश(क)का उम्मेदवार धनबहादुर गुरुङ र प्रदेश सभा(ख)का उम्मेदवार उत्तम आचार्यले राप्ती,खैरहनी र रत्ननगरमा घरदैलो र कोणसभा गरी जनतासंग भोट मागेका हुन । विहीवार वुर्लाकोटी र गुरुङले राप्ती नगरपालिकाको वडा नं.७,८ र ९ मा घरदैलो र कोणसभा तथा आचार्यले खैरहनी नगरपालिकाको १२ र १३ वडामा घरदैलो र कोणसभा गरेका थिए । कोणसभामा प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीले विकासका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए । विकास निर्माण संगै जनताका न्यूनतम आवश्यकता पुरा गर्ने विषयमा आफु जिम्मेवार रहेको भन्दै उनले यस पटक आफुलाई विजयी गराउन आग्रह गरे । कुमरोजमा भएको कोणसभामा प्रदेश सभाका उम्मेदवार उत्तम आचार्यले स्थानीय जनतालाई बाढीबाट जोगाउन कयर र राप्ती नदिमा बलिया तटबन्धन गर्ने प्रतिबद्धता जनाए । उनले खानेपानी,स्वास्थ्य,शिक्षा,सडकको विकास र विस्तारको लागि आफू सधै क्रियाशिल भएर लाग्ने बताए ।

Promise Education Consultancy