भोलि सार्वजनिक बिदा

काठमाडौं, १४ मंसिर ।  सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा सरकारले भोलि शुक्रबार बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै नेपालभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।