सबै उत्तपिडित जनताको निम्ती स्थिर सरकार बन्छ : प्रचण्ड

चितवन, १४ मंसिर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उत्तपिडित जनताको निम्ती स्थिर सरकार बन्न लागेको बताएका छन् ।
‘तपाई सबै उत्तपिडित वर्ग समुदायको निम्ती, मुस्लीम, या दलित, या भनौँ आदाीवासी सुकुम्बासी र किसानहरुको निम्ती नयाँ खबर लिएर आएको छौँ उनले भने अब कम्यूनिष्टको केन्द्रमा बलियो सरकार बनाउदैछौँ । ’
पश्चिम चितवनको शिवनगर क्षेत्रका विभिन्न समुदाय र जनजातिहरुसगँको भेटघाटमा बोल्दै प्रचण्ड अब ७० बर्षदेखि बन्न नसकेको स्थिीर सरकार बनाउने बताए ।
उनले बहुमतको सरकार बनाई जनताको सबै समस्याहरुको हल गर्ने दावी पनि गरेका छन् । बाम गठबन्धनबाट सो क्षेत्रको साझा उम्मेदवार समेत रहेका प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने संकल्पसहित जनताको विचमा आउँदा विपक्षीहरुले अनाबाश्यक आशंका गर्दै विभिन्न आरोप लगाउने गरेकाले उनिहरुको मानसिक सन्तुलन विग्रेको हो कि भनेर बुझ्नुपर्ने भएको बताए ।
उनले विसं २०१९ सालयता विभाजित हुदै आएका कम्युनिष्टहरु अहिले आएर साझा घोषणापत्र र साझा उम्मेदवार लिएर जनताको विचमा आउनु एउटा ऐतिहासिक परिघटना भएको अवस्थामा विपक्षीहरुले अनावाश्यक आशंका गरेर आफैलाई रुढीबादी कित्तामा उभ्याएको बताए ।
‘विपक्षीहरुको मानसिक सन्तुलन विग्रेको जस्तो देखिन्छ । उनिहरु दुई चिज भन्दैछन् एउटा कम्युनिष्टहरु मिल्दैमिल्दैनन भन्छन् भने अर्को कम्युनिष्ट मिले बर्बादै हुन्छ ।’
अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र नबनेकै कारण ७० बर्षदेखि कहिल्यै ५ बर्ष चल्ने स्थिर सरकार मुलुकले नपाएको बताए । सो अवसरमा प्रचण्ड आफुले बढेको र पढाएको विद्यालयमा समेत छुटै निरिक्षणमा पुगेका थिए । विभिन्न जेष्ठ नागरिकहरुसगँ समेत भेटघाट गरेका थिए ।

Promise Education Consultancy