लोभलालचमा नफस्न महत्तोको आग्रह

 

चितवन, मंसिर १४ । नेपाली काँग्रेसका युवा नेता तथा लोकतान्त्रिक गठबन्धनका चितवन क्षेत्र नं.३ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार साजन महतोले माओवादीका नेता तथा कार्यकर्तासंग सर्तक रहन आग्रह गर्नुभएको छ ।
आज भरतपुर महानगरपालिका वडा नं.२३ र २५ मा भएको कोणसभामा बोल्दै उम्मेद्वार महतोले निर्वाचन नजिकिदै गर्दा माओवादीले लोभलालच देखाउन सक्ने भएकाले लोभलालचमा नफस्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–“माओवादीले पैसाको लोभ देखाउन सक्छ, तपाईहरु सचेत रहनुहोस् भोली भविष्य बर्बाद हुन सक्छ ।” उम्मेद्वार महतोले आज लोभलालचमा फस्दा भोलीका सन्ततीले दुःख पाउने भन्दै अहिले नै सचेत भएर विकासप्रेमी नेताहरुलाई जिताउन आग्रह गर्नुभयो ।
उहाँले तिव्र विकास निर्माण र सुख, दुःखमा साथ दिनका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

चितवन क्षेत्र नं.३ को विकासका लागि आफूहरुको उम्मेद्वारी रहेको भन्दै महतोले विजयी पश्चात यहाँको विकास निर्माणले तिव्रता पाउने बताउनुभयो ।
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्वार तथा वन मन्त्री विक्रम पाण्डेले चितवन क्षेत्रलाई विकासको नमुना क्षेत्र बनाईने बताउनुभयो । यहाँको हरेक सडक पिच गराउनुको साथै विकास निर्माणलाई तिव्रता दिईने बताउनुभयो ।
आज चितवन क्षेत्र नं.३ अन्तरगत लोकतान्त्रिक गठबन्धनको भरतपुर–२३, नयाँ बस्ती, भरतपुर–२५ का स्थानहरुमा घरदैलो तथा कोण सभा कार्यक्रमहरु भएका छन् । आजको कोणसभामा स्थानीबासीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा काँग्रेसका निवर्तमान साँसद रामकृष्ण घिमिरे, पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतका नेताहरुले बोलेका थिए ।

Promise Education Consultancy