कृषिमा प्रविधि भित्राउन आवश्यक : पाण्डे

चितवन, १४ मसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले कृषि क्षेत्रमा प्रविधि भित्राउन आवश्यक रहेको बताएका छन् ।
राप्ती नगरपालिकाको विभिन्न वडामा वुधबार आयोजना गरेका कोण सभामा सम्वोधन गर्दै परम्परा खेतीबाट आम्दानी गर्न नसकिने बताए । कृषिमा आधुनिकीकरण नगरेसम्म व्यवसायिक खेती हुन नसक्ने बताए । ठुलो फराकिलो जमिनमा खेती गर्ने र त्यहाँ प्रविधिबाट खेती लगाउने, भित्राउने काम गर्नु पर्दछ उनले भने अव हामी व्यक्ति खोजी खोजी खेती गर्ने होइन प्रविधिले खेती गर्ने छ । प्रविधिलाई चलाउनको लागि थोरै जनशक्ति भए पुग्छ ।
पूर्वी चितवनको विभिन्न क्षेत्रमा माछा पालन हुने गरेको छ । उन्नत जातको माछा पालेर त्यसलाई ताजै विक्री गर्नको लागि आधुनिक ढुवानी ट्ङ्गकी चाहिन्छ जसले घण्टौ लगाएर जिल्ला वाहिर जाँदा पनि त्यसको गुणस्तरीयतामा कमी आउदैन । त्यस्तो प्रविधि ल्याएर ढुवानी गर्ने, माछा पालनका लागि पोखरी निर्माण गर्ने, पोखरीमा धेरै माछा पालेर उत्पादन गर्ने विधि अपनाउने जस्ता कार्य गर्नु पर्ने उनले बताए ।
आधुनिक खेती कसरी गरिन्छ भन्ने विषयमा विदेशमा भएका कामको अध्ययन गर्ने र त्यहाको जस्तै विकास गर्न सकिने अपनाएर काम गर्न सकिन्छ । उनले भने धानखेती, मकै खेती, तरकारी खेती लगायतका कृषि उत्पादनाई अव आधुनिकीकरण तर्फ लैजानु आवश्यक रहेको बताए । अहिले भइराखेको खेती निर्वाह मुखी भएकाले यसबाट केही मात्रामा गुजारा चलाउन मात्र सकिने हुन्छ उनले भने त्यो भन्दा माथि उठेर हामीले काम गर्न सकिन्छ ।
हामीसंग भएको पानी, जमिनको उपयोग गरेर प्रसस्त आम्दानी गर्न सकिने नयाँ खेतीहरु गर्न सकिन्छ त्यस तर्फपनि हामीले ध्यान दिनु जरुरी छ । हाम्रो जस्तो मुलुकमा के खेती पर्न सकिन्छ यहाँको पशु पालनलाई कसरी व्यवसायिकी करण गर्न सकिन्छ भन्ने विषयमा अनुसान्धन गरेर काम गर्नु पर्ने बताए । हामीले अनुसन्धनमा ध्यान दिदैनौ जती अध्ययन अनुसन्धानबाट पत्ता लगाएर काम गर्न सकिन्छ त्यही हाम्रौ जीवन स्तर उकास्नको लागि मद्दत गर्नछ ।
घर दैलो कार्यक्रममा प्रदेश सभा १ का उम्मेदवार दावा लामाले खेती योग्य जमिन कटाउन गर्ने खोलालाई नियन्त्रण गरेर वाढी बाट सुरक्षित क्षेत्रको रुपमा लैजान आफू तयार भएको बताए । कृषिलाई व्यवसायि करण गर्नको वाहिरी देशको विधि अपनाउन सकिने बताए ।

Promise Education Consultancy