एक पटक बिश्वास गर्नुस बिकासको नमुना बनाउँछु : जीतनारायण

चितवन १४ मंसिर । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) का उम्मेदवार जितनारायण श्रेष्ठले आज ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ र ६ घरदैलो तथा चुनाबि सभा समपन्न गर्नु भएको छ । नेपाली काँग्रेस चितवन प्रचार प्रसार समिति चितवन क्षेत्र नम्बर २(क) को आयोजनामा गरिएको घरदैलो तथा चुनाबि सभामा बोल्दै श्रेष्ठले नारायणगढ देखि चितवनको सिमाना सम्मको सडक व्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरणका लागि बिशेष कार्यक्रम ल्याउने बताउनु भएको छ ।
अहिलेको सडक व्यवस्थापनको कम्जोरी र निर्वाचन सांसदको ध्यान पुग्न नसकेका कारण यस क्षेत्रमा वढि दुर्घटना हुने गरेको भन्दै यसलाई रोक्नका लागि बिशेष कार्यक्रम ल्याउने उहाँले बताउनु भयो । सडकको व्यवस्थापन गर्नका लागि स्थानिय निकाय संग सहकार्य गर्दै अघि वढ्ने उहाँको प्रतिबद्धता थियो । मुग्लिनमा आयोजित सभालाई संम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका सभापति समेत रहनु भएका श्रेष्ठले एक पटक आफुँलाई विश्वास गरेर बिजयी गराए ५ वर्ष जनताको सेबक बनेर काम गर्ने बताउनु भयो ।
यस क्षेत्रमा रहेको सुकुम्बासी समस्या समाधान गर्दै जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टि गराउने उहाँको प्रतिबद्धता रहेको थियो । मुग्लिन नारायणगढ सडक मर्मतका कारण देखिएको समस्या समाधान गर्दै चाँडो भन्दा चाँडो काम सम्पन्न गर्न संम्बन्धित निकायलाई आग्रह गर्ने उहाँले बताउनु भयो । यस क्षेत्रको बिकास र आफुले देखेको सपना पुरा गर्नका लागि यस क्षेत्रका जनताले काँग्रेसलाई बिजयी गराउन आबश्यक रहेको उहाँको भनाई थियो ।

सुकुम्बासि समस्या समाधानका लागि कुनै कसुर बाँकि राख्दिन : श्रेष्ठ

नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ (१) का प्रदेश सभाका उम्मेदवार जितनारायण श्रेष्ठले अहिले व्याप्त रहेको सुकुम्बासि समस्या समाधानका लागि कुनै कसुर बाँकि नराख्ने बताउनु भएको छ । आज कबिलास, रामनगर, ठिमुरा नयाँबस्ति लगाएतका क्षेत्रमा घरदैलो तथा चुनाबि सभालाई संम्बोधन गर्दै उहाँले सुकुम्बासी समस्या समाधानका लागि राज्यको ध्यान केन्द्रित गर्दै चाँडो भन्दा चाँडो यसलाई निराकरण गर्ने बताउनु भएको हो ।
सुकुम्बासिको नाममा राजनिति गर्ने धेरौ भएको भए पनि आफुले समस्या समाधान गर्ने लक्ष्यका साथ निर्वाचनमा हुमिएको बताउँदै श्रेष्ठले लोकतान्त्रिक गठबन्धको जित हुन जरुरत रहेको बताउनु भयो ।

जनताको सुःख, दुःखमा साथ दिने र जनताको मर्म बुझेन्ने नेतालाई जनताले चुन्न आबश्यक रहेको बताउँदै उहाँले जनताले पार्टी भन्दा माथि उठर एक पटक आँफुलाई बिश्वास गर्न आग्रह गर्नु भयो । सबैले चुनाबि नारा दिए अब बिकासको समय आएको छ भन्दै उहाँ बिकासका लागि काँग्रेसको जित हुनु आबश्यक रहेको बताउनु भयो ।
काँग्रेसले देशका हरेक समस्यामा अभिभाबकको भूमिका निर्बाह गरेको बताउँदै उहाँले अबको समय संबिधान कार्यान्वयन संगै बिकासको भएकाले अहिले पनि जनताले काँग्रेसलाई मायाँ गर्ने बिश्वास व्यक्त गर्नु भयो । हरेक आन्दोलनमा काँग्रेसले खेलेको भूमिकालाई जनताले नबिसने बताउँदै उहाँले आफुलाई पहाडि र तराई क्षेत्रको समस्या जानकार रहेकाले यस क्षेत्रको बिकासमा आँफु र्निबिकल्प उम्मेदवार रहेको समेत बताउनु भयो ।

Promise Education Consultancy