बाम गठबन्धनको कार्यालय नजिक भेटिएको शकास्पद बस्तु बम नरहेको पुष्टी

चितवन , १४ मंसिर । खैरहनी नगरपालिका स्थित पर्सा बजार नजिकै भेटिएको शंकास्पद वस्तु बम नरहेको पुष्टी भएको छ ।
पर्सा बजार नजिक रहेको बाम गठबन्धन निर्वाचन परिचालन कार्यालय अगाडी भेटिएको दुईवटा शंकास्पद बस्तुले स्थानियलाई केहीबेर त्रसित बनाएको थियो । उक्त शंकास्पद बस्तु डिस्पोट गर्ने क्रममा बिहान करिब ३ घण्टा पुर्वपश्चिम लोकमार्ग समेत अबरुद्ध भएको हो ।

नेपाली सेनाको भरतपुर स्थित दि फेमस महेन्द्र दल गण बाट खटिएको सेनाको टोलीले उक्त शंकास्पद बस्तु डिस्पोज गरेको हो । दुईवटै बस्तु बम नभएको सेनाले जनाएको छ ।

Promise Education Consultancy