सुनसरीमा बम विष्फोट एक वर्षीय बालकसहित तीन घाइते

सुनसरी, १४ मंसिर । सुनसरीमा बम फिस्टोमा पछि तीन जना घाईते भएका छन् । सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा एक बर्षिय बालक तीन जना घाइते भएका हुन्।
इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । घाइते सबैजनालाई उपचारको लागि धरानमा रहेको वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ

Promise Education Consultancy