सुनचाँदीको भाउ घट्यो

काठमाडौं, १४ मंसिर । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन बिहीबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी बिहीबार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Promise Education Consultancy