‘प्रत्यक्षतर्फको नतिजा साताभित्रै : निर्वाचन आयोग

काठमाडौं १४ मंसिर । निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साताभित्रै सार्वजनिक गर्ने जनाएको छ ।
आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिए । ‘त्यसका लागि जनशक्तिको व्यवस्था गरिसकेका छौुं, ढकालले अन्नपूर्णसँग भने । यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि साताभित्रै ल्याउने आयोगको तयारी छ ।
स्थानीय निर्वाचनमा मतपरिणाम आउन हप्तौं लाग्दा सर्वसाधारणदेखि लिएर दलका नेता(कार्यकर्तासमेत आयोगप्रति रुष्ट बनेका थिए । आयोगले स्थानीय निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम जतिसक्दो चाँडै ल्याउने गरी गृहकार्य थालेको हो ।
आयोग प्रवक्ता ढकालका अनुसार २१ गते दोस्रो चरण निर्वाचन सकिएलगत्तै पाँच बजेबाटै पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना एकैपटक सुरु गरिनेछ । २१ गते मतदान भएर मतपेटिका विभिन्न स्थानबाट प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आएलगत्तै दोस्रो चरणको गणना पनि थालिने उनले बताए । एकैपटक गणना थालेर साताभित्रै नतिजा सार्वजनिक गर्नेछौं, उनले भने । आजको अन्नपूर्णपोष्टमा खबर छ।

Promise Education Consultancy