नवलपुरमा वाम गठबन्धनमा प्रबेश गर्ने लहर बढ्दै

नवलपुर  ।

 

प्रदेश र प्रतिनिधी सभा निर्वाचन मिती नजिकिदै गर्दा, विभिन्न पार्टि परित्याग गरि बाम गठबन्धन, प्रबेशमा लहर चलेको छ । बुधबार देबचुली १७ , चौतारा बाट १२८ जना कांग्रेश र राप्रपा परित्याग गरि बाम गठबन्धनमा प्रबेश गरेका छन् ।

निहरु नवलपुर र सिड्डो मुलुकको संमृद्धिका निम्ति बाम गठबन्धनको देशैभर जित आवश्यक रहेको भन्दै प्रबेश गरेको बाम नेता सत्यनारायण भुषालले जानकारी दिनुभएको छ । नव प्रबेशीहरुलाई प्रतिनिधी सभा उम्मेद्वार भविश्वर पराजली र प्रदेश सभा सदस्य उम्मेद्वार सुर्य प्रसाद न्यौपानेले वाम गठबन्धनमा स्वागत गरेका थिए ।

यस अघि मंगलबार, मात्रै नवलपुर स्थित गैडाकोट नगरपालिका वडा नंम्बर १३ मा आयोजित कार्यक्रममा करिब १ सय ५० युबाहरु बाम गठबन्धनमा प्रबेश गरेका थिए । यस्तै बुधबार र बिहिबार, कावासोती र चोरमाराबाट २ सय बढि कार्यकर्ता बाम गठबन्धन प्रबेश गरेका थिए ।

प्रदेश र प्रतिनिधी सभा निर्वाचन मिती मुखमा आउदैं गर्दा नवलपुरमा बाम गठबन्धनको पक्षमा ठुलो जनसमुदायको लहर आएको छ । मुलुकमा नेपाली कांग्रेशले सधै जाल–झेल र षडयन्त्र गर्दै पटक पटक बहुमत पाउदाँ समेत जनताको पक्षमा केही नगरेको प्राय नव प्रबेशीहरु बताउने गरेका छन् । नवलपुर क्षेत्र नंम्बर १ मा कांग्रेश महामन्त्रि डाक्टर शशांक कोईरालाले जितेपनि बिगतमा राखेका प्रतिबद्धता र घोेषणापत्रमा जनाएको बाचा कुनै सम्बोधन नगरे पछि यहाँका कांग्रेशी समर्थक असन्तुष्ट देखिएका छन् ।

 

 

Promise Education Consultancy