३२ बर्ष विदेश मोह छोडेर स्वदेशमै बाख्रा पालनमा रमाउदै सापकोटा दम्पत्ती (भिडियो)

कोमलचन्द्र भगत
चितवन मंसिर १३ । भरतपुर ६ केशरबागमा चार वटा बाख्रा पालेर सुरु भएको सापकोटा बाख्रा फर्ममा अहिले ७० वटा बाख्रा पुगेका छन् ।
भारतमा २५ वर्ष तथा साउदी अरबमा सात वर्ष श्रम खर्च गरेका सापकोटाले नेपालमा नै उद्यमशील बन्ने उद्देश्यका साथमा २०७० सालदेखि बाख्रा पाल्दै आएका हुन् । विदेशमा गएर अरुकोमा काम गर्न भन्दा नेपालमा नै केही गर्दै अन्य व्यक्तिलाई समेत रोजगार दिने चाहनाले बाख्रा पालन सुरु गरेको फर्म सञ्चालक जयप्रसाद सापकोटा बताउँछन् ।
हाल सापकोटलाई उनकी पत्नी ज्ञानी सापकोटाले सघाउँदै आएकी छिन् भने अबको दीनमा तीन जना व्यक्तिलाई रोजगार दिने योजना रहेको सापकोटाको भनाइ छ ।
बजारको कुनै अप्ठ्यारो नरहेको केशरबागमा मासु तथा पाठा पु¥याउने उद्देश्यले सुरु गरेको अहिले बाहिरबाट पनि बाख्रा खरिद गर्न ग्रहाकहरु आउने आफूले पनि माग पुरा गर्न नसकेको सापकोटा बताउँछन् । फार्ममा पाँच लाख रुपैयाँ पर्ने दक्षिण अफ्रिकाको बयर जातको जातको बोका पनि रहेको सापकोटाको भनाइ छ ।
अन्य ठाउँबाट दैनिक रुपमा बाख्रा पालनसम्बन्धी जानकारी लिन आउने व्यक्तिलाई आपूmले निशुल्क रुपमा परामर्श दिने गरेको सापकोटा बताउँछन् । बाख्रा फार्मलाई जिल्ला पशु सेवा कार्यालय चितवनले समेत सहयोग गर्दै आएको छ ।
कार्यालयका उपचार फाँट प्रमुख डाक्टर अर्जुन प्रसाद थपलियाका अनुसार पशु सेवा कार्यालयले बाख्रा फर्मलाई आर्थिक सहयोगदेखि लिएर अन्य प्राविधिक सहयोग समेत उपलब्ध गराइदै आएको छ । उमेरले ५० वर्ष नाघेका सापकोटा युवाहरुको लागि प्रेरणा बन्न सक्छन् ।
लामो समय विदेशमा बसेर स्वरोजगार बनेका सापकोटाबाट यहाँका युवाहरुले उद्यमशीलता सिक्ने हो भने दैनिक सयौँको संख्यामा विदेशीने नेपालीहरुको संख्यामा कमी आउने थियो ।

 

Promise Education Consultancy