माडीको विकास गर्न लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस् : महतो

राजु चौधरी
चितवन, मंसिर १३ । लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा क्षेत्र नं.३ (ख)का उम्मेद्वार साजन महतोले माडीको विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ ।
आज माडीमा भएको घरदैलो पश्चात कोणसभामा बोल्दै उम्मेद्वार महतोले सो कुरा बताउनुभएको हो । उहाँले माडीमा विकासको सुरुवात भएको भन्दै अब यसलाई पुरा गर्ने जिम्मेवारी लोकतान्त्रिक गठबन्धनले लिने बताउनुभयो । उहाँले विकासको पर्यावाची विक्रम पाण्डे प्रतिनिधि सभाको उम्मेद्वार भएको भन्दै अब माडीको विकासले तिव्रता पाउने बताउनुभयो । उहाँले भन्नुभयो–“हामी विकास गर्न आएका छौं, जिताएर पठाउनुहोस् माडीको मुहार फेर्नेछौं ।”
उम्मेद्वार महतोले आज माडीको बगईदेखि अमरौलीसम्मा कोण सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । माडीमा अब घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । घरदैलो क्रममा स्थानीयले फूलामालाले स्वागत गरेका थिए ।

Promise Education Consultancy