चैनपुरलाई कृषिको पकेट क्षेत्र बनाउछु : खनाल

चितवन, १३ मंसिर । चितवन क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार कृष्ण प्रसाद खनालले साविक चैतनपुर गाविसको क्षेत्रलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन ।

घरदैलोका क्रममा खैरहनी १ ज्यामिरेमा आयोजित कोणसभामा उनले चैनपुरलाई कृषिको पकेट क्षेत्र बनाउन आवश्यक सबै सहयोग गर्न आफु तयार रहेको बताए । कृषिमा आधुनीकिरण गरेर चैनपुरका किसानहरुलाई उत्पादन लगत घटाउने तर्फ आफनो ध्यान केन्द्रित हुने उनको भनाई छ ।

यहाँका अधिकाँस किसानहरुले तरकारी खेति गर्नुहुन्छ उनले भने यसलाई आधुनीकिरण गरेर अगाडि लैजाने छ । तरकारी खेति गर्ने किसान सिंचाई र मल बीउमा अधिकतम अनुदानको व्यवस्था गर्ने उनले बताए । डेरी र पोल्ट्रीमा पनि चैनपुर अगाडि रहेको भन्दै उनले खनालले आफुले चुनाव जितिसकेपछि समग्र कृषिको विकासको लागि प्याकेट घोषणा गर्ने बताए ।

कृषिको विकासको लागि पूर्वाधार निर्माण,सिंचाई,अनुदान लगायतका विषयहरुलाई समष्टीगत रुपमा प्याकेजमा कार्यक्रम ल्याउने उनको भनाई छ । कार्यक्रममा समानुपातिक उम्मेदवार कन्चन खनालले बाम गठबन्धनको बलियो सरकारले किसानका तमाम समस्या हल गर्ने भन्दै बाम गठबन्धन मतदान गर्न आग्रह गरिन ।

हामीलाई किसानको समस्या बुझ्ने सरकार चाहिएको छ उनले भनिन् तपाई किसानदाजु भाई दिदीबहिनीहरुले हामीलाई मतदान गर्नुहोस हामी तपाईका समस्या सामधान गर्न तयार छौं । बुधवार बाम गठन्धनका उम्मेदवारहरुले खैरहनी नगरपालिका वडा नं.१ र २ अन्र्तगत चैनपुर र ज्यामिरे क्षेत्रका जनतासंग भोट मागेका छन । उम्मेदवारहरुले घरदैलो र कोणसभा गरी आफनो विकासका योजना सुनाउदै भोट मागेका हुन ।

 

Promise Education Consultancy