‘नारायण दाहाल भन्छन् : काग्रेस सुकुम्वासी उत्पादन, युवा विदेशपलायन र उद्योगधन्दा वन्द गर्ने पार्टी हो ’

चितवन, १३ मंसिर । चितवनमा समानुपातिक तर्फका उम्मेदवारहरुले पनि घरदैलो अभियान सुरु गरेका छन् ।
वाम गठबन्धनसगैँ पार्टी एकताको अन्तिम चरणमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका नारायण दाहाल यतिवेला चुनावी मैदानमा छन् ।
पूर्व सभासद् समेत रहेका दाहालले कालिका नगरपालिकाको शक्तिखोरबाट घरदैलो अभियान सुरु गरेका हुन् ।
सो अवसरमा उनले साविक शक्तिखोर गाविसका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको थिए ।
उनले काग्रेस देशमा सुकुम्वासी उत्पादन, युवाहरुलाई विदेश पठाउने र उद्योग कलकारखाना वन्द गर्ने पार्टी भएको अरोप लागए ।
उनले चितवनको विकास मुल वाम गठबन्धनले फुटाउनले दावी पनि गरेका छन् ।


उनले जनताको गुनासोहरु सुन्दै र देशैभर वामगठबन्धनको लहर विकास र समृद्धीसगैँ स्थिर सरकार लागि पार्टी एकता गर्ने एकजुट भएको बताएका थिए ।
‘यो एकतालाई कसैेले तोड्न सक्दैन् उनले भने अब वाम गठबन्धन होईन् कम्यूनिष्टको शासन आउछ । जनताका दुखका दिन गए, समृद्धको युग सुरु भो । ’

 

Promise Education Consultancy