एमाले अध्यक्ष ओलीले भने, अब कांग्रेसको मासिने पालो आयो

झापा,१३ मंसिर । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि देशबाट लोकतन्त्र नभएर कांग्रेस मासिने दाबी गरेका छन् ।
कांग्रेसले ‘कम्युनिष्टको शासन आए लोकतन्त्र मासिन्छ भनेकोतर्फ इंगित गर्दै ओलीले लोकतन्त्र नभएर कांग्रेसको शासन मासिने बताए ।

बुधबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानी गर्दै ओलीले कांग्रेस आफ्नो फाइदाका निम्ति चल्ने पार्टी भएको आरोप लगाए। घकांग्रेस लोकतन्त्र हो, लोकतन्त्र नै कांग्रेस हो भनेर कुदिरहेका छन्,’ उनले भने, ‘कांग्रेस सरकारमा नहुँदा लोकतन्त्र नै रहँदैन भनेको सुन्दा अचम्म लागेर आउँछ।’
कांग्रेसलाई समाप्त हुनबाट जोगाउन आफूहरुले ५ वर्षसम्म प्रतिपक्षमा राखेर सिकाउने उनले बताए।

Promise Education Consultancy