आयोगलाई एमालेले दियो यस्तो जवाफ

काठमाडौँ, १३ मंसिर । नेकपा एमालले निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्न आफूहरु प्रतिबद्ध रहेको जनाएको छ ।विभिन्न दैनिक पत्रिकाहरुमा नेकपा एमाले पार्टीलाई भोट माग्दै विज्ञापन छपाएको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण माग गरे गरेको थियो ।विज्ञप्ति जारी गर्दै पाटीले आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्छ,’ प्रवक्ता विष्णु रिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीले निर्वाचनका सबै कार्यक्रम र प्रचार कार्यहरू निर्वाचन आयोगले तोकेको आचारसंहिता भित्रै रही सञ्चालन गरिरहेको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।पार्टी आफैले भन्दा पनि पार्टीका शुभचिन्तकहरुले छपाएको भन्दै रोचक जवाफ दिदै स्पष्ट पारेको छ । विज्ञप्तिको पहिलो हरफमा नै भनिएको छ,

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा नेकपा एमालेको पक्षमा हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको तस्विरसहित विभिन्न पत्रपत्रिकामा प्रचार सामग्री प्रकाशित गर्नुहुने हाम्रा शुभचिन्तक तथा शुभेच्छुकहरूप्रति पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ ।