चुम्लिङटार दुर्घटनामा मृतकको संख्या आठ पुग्यो,केही घाईतेलाई हेलीकप्टरबाट लगियो

चितवन, १३ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमिलङबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ जनाको पुगेको छ ।मृतक ६ जनाको दुर्घटनालगत्तै शव निकालिएको थियो भने एकजनाको पानीमा डुबेको बसभित्रबाट गोताखोरले शव निकालिएको र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी बताएको छ ।

बाटोमा मृत्यु हुने पवन महत छन् । दुर्घटनामा मृत्यु भएकामध्ये एकजनाको सनाखत भएको छ । सनाखत हुनेमा भैरहवाका देवदह नगरपालिका घर भएका दीपक पाण्डे छन् ।दुर्घटनाग्रस्त बसबाट अन्य २३ जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस चितवनको इच्छा कामना गाउँपालिका–३ स्थित चुम्लिङटार नजिकैबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।

विपरित दिशाबाट आएको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएर बस नदीमा खसेको हो । मृतक ६ जनाको दुर्घटना लगत्तै शव निकालिएको थियो भने अन्य एक जनाको गोताखोरले पानीमा डुबेको बस भित्रबाट शव निकालेको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । बस पूर्णरुपमा त्रिशूलीमा डुबेको छ ।घाइतेहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ । केही घाईतेहरुलाई हेलीकप्टर मार्फत पनि उपचारका लागि लगिएको छ । बसमा कति यात्रु थिए भन्ने अझै खुलेको छैन ।

 

Promise Education Consultancy