उदयपुरमा बम विस्फोट हुदाँ कांग्रेस उम्मेदवार सहित ६ जना घाइते

उदयपुर, १३ मंसिर – उदयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा परेर कांग्रेसका उम्मेदवार सहित चार जना घाइते भएका छन् ।

उदयपुर क्षेत्र नम्बर दुईमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नारायण कार्की घाइते भएका हुन् ।

उनीसँगै अरु ३ जना कांग्रेस कार्यकर्ता पनि घाइते भएका छन् । उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विष्फोट भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy