चुम्लिङटार नजिकैबाट त्रिशुलीमा बस खस्दा ६ जनाको मृत्यु १५ जना घाईते (फोटो सहित)

चितवन, १३ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका–३, चुम्लिङ नजिकैबाट  त्रिशुली नदीमा आज विहान यात्रुबाहक खस्दा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाईते भएका छन् ।

काठमाडौंबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ ख २९१ नम्बरको बस त्रिशुली खसेको हो । आज विहान ९ बजे ना ६ ख ४९७२ नम्वरको ट्रकसंग ठक्करखांदा बस नदिमा खसेको हो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।

बसमा कति यात्रु थिए भन्ने अझै खुलेको छैन । दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दा उद्दारमा जुटेका छन् ।

तस्बिर / दान बहादुर गुरुङ

Promise Education Consultancy