तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुँदैछ : प्रचण्ड

चितवन (मेघौली), १३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुन लागेको बताएका छन्।
बुधबार भरतपुर–२४ को नयाँ बस्तीमा आयोजित कोण सभामा प्रचण्डले भने,बाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुसी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेस भित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्तिहरु पनि खुसी छन्। नेपालमा राजनीतिक अस्थिरताको युगको अन्त्य हुँदैछ, तमसुक गरेर सरकार फेर्ने परिपाटीको अन्त्य हुँदैछ।
अबको युग विकासको युग हो, आर्थिक समृद्धिका लागि प्रतिस्पर्धा गर्ने युग होू प्रचण्डलेभने,एमाले र माओवादीको एकताले समृद्धिको ढोका खोल्नेछ। अस्ति १० गते ३२ जिल्लामा पहिलो चरणको चुनाव सम्पन्न भयो। ती जिल्लाहरुमा बाम गठबन्धनको दुईतिहाई भन्दा बढी मत आएको सजिलै अनुमान गर्न सकिन्छ। अब देशमा बामपन्थीहरुको दुईतिहाई मतद्वारा स्थिर सरकार र विकासले गति लिनेछ।
बुधबार नै अध्यक्ष प्रचण्डले भरतपुर–१४ देवीचोक र भरतपुर २४ दिपचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । देवीचोकमा आयोजित चुनावी सभामा चितवनले देशकै राजनेता प्रचण्ड पाएको भन्दै डा.दीपेन्द्र गौतमको नेतृत्वमा २०० युवा प्रचण्ड विजय अभियानमा सहभागी भएका छन्।

Promise Education Consultancy