त्रिशुली नदीमा बस खस्यो, पाँच जनाको मृत्यु दर्जन बढी घाईते उद्धार कार्य जारी

हिरालाल गुरुङ
चितवन, १३ मंसिर । त्रिशुली नदीमा बस खसेर दुर्घटना भएका छन् ।काठमाडौँबाट अर्घाखाँची जादैँ गरेको बस ट्रक संग ठोक्किएर आज विहान ९ बजे चितवनको ईच्छाकामना ३ चुम्लिङ नजिकैबाट  लु २ ख २९१ नम्बरको   बस त्रिशुली नदीमा खसेको हो । अहिले सम्म ५ जनाको सब भेटीएको प्रहरीलाइ उदृत गर्दै सहकर्मी दान बहादुर गुरुङले जानकारी दिनुभयो ।

Image may contain: one or more people and outdoor

अहिले सम्म १३ जना घाईतेलाई उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । बसको पुरै भाग पानीमा डुबेकाले अझै मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अहिले उद्धार कार्य जारी छ।