चितवनका गोलाप्रथाद्वारा मतदान अधिकृत छनौट

चितवन, मंसिर १३ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चितवनमा मतदात अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाबाट मतदान केन्द्रमा खटाइएको छ ।
कर्मचारी खटाउँदा निश्पक्ष रुपमा नियुक्ति गरियोस् भन्ने निर्वाचन आयोगको उद्देश्य अनुसार गोलाप्रथाबाट कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवनको तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा निर्वाचनको लागि मंगलबार मतदान अधिकृतहरु छनौट गरिएको हो ।
स्पष्ट, स्वस्थ र निष्पक्ष होस् भनेर मतदान अधिकृत, सहायक मतदान अधिकृतहरु गोलाप्रथाबाट छनौट गरेर खटाइएको हो ।

चितवनको चार सय आठ वटा मतदान केन्द्रमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाद्वारा छनौट गरिएको हो ।
अन्य कर्मचारीहरुलाई भने मतदान अधिकृत अनुसार खटाइने भएको छ । सन्तुलन मिलाउनको लागि सहायक कर्मचारीहरु भने दक्षताको आधारमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Promise Education Consultancy