एमाले जिल्ला अध्यक्षको निधन

बर्दिबास,१३ मंसिर । नेकपा एमाले जिल्ला अध्यक्ष जामुन मण्डलको निधन भएको छ । चुनावी मैदानमा बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको नेकपा एमालेका केन्द्रीय सदस्य रामदयाल मण्डलले बताए ।
चुनावी प्रचारप्रसारकै क्रममा करीब ४५ वर्षीय अध्यक्ष मण्डल दश दिन अघि महोत्तरीका भटौलियाको चुनावी सभामा बिरामी परेका थिए । पेट दुःखेपछि आफ्न्तजनहरुले जलेश्वरको अस्पतालमा उनलाई उपचार गराइएका थिए । थप उपचारको लागि जिल्ला अध्यक्ष मण्डललाई भारत लगिएको थियो ।

सोमबार मात्रै महोत्तरीको बर्दिबास नगरपालिका —३ कालापानीका पुराना नेकपा एमालेका स्थानीय नेता इन्द्रबहादुर पुलामीको असामायिक निधन थियो । चुनावी सभामै हृदयघात भएर उनको निधन भएको थियो ।