कविलासका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

चितवन,१२ मंसिर । भरतपुर महानगरपालिका २९ साविकको कविलास गाविस वडा नं ९ हाडिगाउँमा रहेको राष्ट्रीय आधारभूत विद्यालयमा अध्यायनरत विद्यार्थीहरूलाई आज एक कार्यक्रमकाविच विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यार्थीहरूको शैक्षिक गुणस्तरका थप टेवा पुग्ने उदेश्यले चितवन खेलकुद विकास समितिका अध्यक्ष गङ्गाा लामा , समाजसेवी दिलमाया लामाको संयुक्त पहलमा विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । विव्यसका अध्यक्ष जगत लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावकहरूको पनि सहभागीता रहेको थियो ।

.