बालकोटमा बम विस्फोट

काठमाडौँ ,१२मंसिर । भक्तपुरको बालकोटमा मंगलबार साँझ विस्फोट भएको छ। साँझ साढे सात बजेतिर सकेट बम विस्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बालकोटको खाली जग्गामा तर्साउनको लागि विस्फोट गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बम विस्फोट गराउनेको खोजी कार्य भइरहेको छ।