नवलपुरको मुकुन्दपुरमा, बाम गठबन्धनमा ११३ युबाहरु पार्टि प्रबेश ।

गैँडाकोट, १२ मंसिर ।

 

प्रदेश र प्रतिनिधी सभाको निर्वाचन आउन साता दिन मात्र बाकी रहँदा, विभिन्न पार्टि परित्याग गरि, बाम गठबन्धन नवलपुर क्षेत्र नंम्बर १ मा ११३ युबाहरु प्रबेश गरेका छन् । मंगलबार एक कार्यक्रमका बिच गैडाकोट–१३ को बेल्डियामा उनिहरु, बाम गठबन्धन प्रबेश गरेका हुन् । मुलुकको संमृद्धि , स्वाधिनको रक्षा जस्ता मुद्धा बाम गठबन्धनबाट मात्र सम्भब भएकाले आफुहरु प्रबेश गरेको उनिहरुले बताएका थिए । प्रबेश गर्नेहरु अधिकांश क्याम्पस तहका बिधार्थी रहेको बाम बिधार्थी नेता दिनेश केसीले जानकारी दिनुभएको छ ।
नव प्रबेशीहरुलाई प्रतिनिधी सभा, नवलपुर क्षेत्र नंम्बर १ का उम्मेद्वार भविश्वर पराजुली र बाम नेता दुर्गादत्त भुषालले टिका लगाएर स्वागत गर्नुभएको छ । कार्यक््रममा संम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य भविश्वर पराजुलीले नवलपुरको समृद्धिका लागी आफ्नो उम्मेद्वारी रहेको बताउदैं, यस पटक सिड्डो नवलपुुरमा विजयी हासिल गर्ने दाबी गर्नुभयो । नवलपुरबासी यसपटक सचेत बनेकाले जाल, झेल र षडयन्त्र गर्नेहरुलाई पराजितको फलदिने दाबी गर्नुभयो । जनता प्रति उत्तरदायि ब्यक्ति र स्थानिय क्षेत्रकै जिम्मेबार ब्यक्तिलाई नवलपुरबासीले प्राथामिकता दिएकाले पनि नवलपुरमा बाम गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नूभयो । आफु कसैको बिरासतका लागी नवलपुरमा उम्मेद्वारी नदिएको भन्दै सधै जनताको पक्षमा लाग्ने आस्वासन दिनुभयो ।


कार्यक्रममा मन्तब्य राख्दै प्रदेश सभा सदस्यका उम्मेद्वार सुर्य प्रसाद न्यौपानेले जनताको बले नवलपुरमा बाम गठबन्धन अगाडी बढ्ने धारणा राख्नुभयो । मुलुकमा स्थायित्व र बिकासका लागी आम जनसमुदाय बाम गठबन्धनको पक्षा लागेको उहाँले खुलासा गर्नुभयो ।
कार्यक्रममा बाम युबा संघ नेपालका पुर्व महासचिब रबिन्द्र अधिकारी ,बाम गठबन्धनका नेता सत्य नारायण भुषाल, बालकृष्ण रानाभाट, षडानन्द लामिछाने लगायतको सहभागिता रहेको थियो ।