समृद्ध सरकारसगैँ विकासको मुल फुटाउन चितवनमा आए : प्रचण्ड

राजेन्द्र आचार्य
चितवन, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्ध सरकार बनाउन आफुले चितवनमा आएको बताए ।
‘म रोल्पा, मधेश हुदै चितवनमा आएको हुँ उनले भने म राष्ट्रको नेतृत्व गर्ने दृढ संकल्पका साथ चितवनबाट उम्मेदवारी दिएको हुँ ।’
चुनावी अभियानका क्रममा माडी क्षेत्रको घरदैलो सकेर मेघौलीको भगाहामा स्थानिय जनतालाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन् । उनले देशमा राजनैतितिक आन्दोलनको अन्त्य भएको भन्दै समृद्धको युगमा लम्कीएको बताए ।

विकसीत र समृद्ध मुलुकका लागि स्थिर सरकार आवश्यक भएको भन्दै चितवनबाटै समृद्धको मुल फुटाउन चितवनमा आएको स्पष्ट पारे ।
बाम गठबन्धनको स्थिर सरकारले मुलुकलाई सम्बृद्धि तर्फ लैजान्छ उनले भने, शुसासन कायम गर्दै स्थिर सरकार बने संगै बिकासका काम पनि स्थिर तरीकाले अगाडि वढनेछ ।
उनले चितवनलाई विकास र सभ्यताको दृष्ट्रिले बिश्वकै नमुना शहर बनाउने बिशेष योजना लिएर आफु गृहजिल्ला आएको बताए । उनले पुरै चितवनलाई समेटेर नमुना सहर बनाउने उदषोस गरे ।

चितवनको पर्यटन प्रर्वद्धन गर्न मैद्यौलीको विमास्थललाई स्तरवृद्धि गरि क्षेत्रीय बिमानस्थल बनाउने दावी गरे । नारायणी र राप्ती नदी किनारमा चक्रपथ निर्माण गर्ने, त्यस क्षेत्रको पर्यटन पूर्वाधारको बिकास गर्ने, थारु संग्रालय स्थापना गर्ने लगाएतका काम गरिने पनि उनले बताए । मुलुकै पहिलो चितवन राष्ट्रिय निकुञ्जको संरक्षण गर्दै निकुञ्जलाई स्थानिय मैत्री बनाउने उनको दावी थियो ।