बाबुरामबाट देशको विकास र समृद्धि नहुने भन्दै उम्मेद्वार नै माओवादी केन्द्रमा प्रवेश

चितवन, १२ मंसिर । नयाँ शक्ति पार्टी नेपालका उम्मेद्वार सहित दुई दर्जन भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य एवं समामुपातिक उम्मेदवार दानबहादुर तामाङ सहित दुई दर्जन भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ।

आज पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धनको चुनावी सभामा उनलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए।
तामाङ ०७० सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । केही समय अघि एमाले परित्याग गरेका तमाङ नयाँ शक्ति पार्टी नेपालको चितवनबाट समानुपातिक उम्मेदवार भएका हुन्।

दोस्रो संविधानसभाको चुनावमा उनी चितवन क्षेत्र नंं ५ बाट उम्मेदवार बनेका थिए । अहिले क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार वन मन्त्री विक्रम पाण्डेसगँ २ हजार ३ सय ५२ मतले उनी पराजित भएका थिए । पाण्डेले १० हजार ७ सय ५८ मत ल्याएका थिए भने तामाङले ८ हजार ४ सय ६ मत ल्याएका थिए ।

भरतपुर २७ पर्साढाप बजारमा भएको चुनावीसभामा पाटी प्रवेश गरेका तामाङले बाबुराम भट्टराईबाट देशको विकास र समृद्धि नहुने दाबी गरे । उनले अब देश विकास पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट मात्र सम्भव रहेको बताए । त्यसतै उनले २र४ सिट ल्याउने पार्टीबाट देश विकासको आशा गर्न नसकिने बताए । अब देशमा वृहत कम्युनिष्ट पार्टीले मात्र देशको विकास गर्ने ठोकुवा गरे ।
सम्रग चितवन र देशको विकासका लागि नयाँ शक्ति परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको उनको भनाई छ ।