मोरङमा लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट

मोरङमा, १२ मंसिर । पूर्वमन्त्रि लालबाबु पण्तिलाई लक्षित गरि मोरङमा बम विस्फोट गराईएको छ । बुढीगंगा गाउँपालिका–५ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट भएको हो।
मंगलबार बिहान ९ बजेतिर नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए।
विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको हो । पण्डित चढेको गाडी भन्दा झण्डै १० मिटर अगाडि बम विस्फोट भएकाले मानवीय क्षति नभएको पण्डितका स्वकीय सचिव ओसिम आलमको भनाई छ ।
यसैबिच प्रहरीले घटना सामान्य भएको बताएको छ । मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले उम्मेदवारलाई तर्साउने गरी सुतली बम पड्काइएको बताए । कोयलपुर तर्फ जाँदै गर्दा उहाँहरुलाई लक्षित गरेर सुतली बम पड्काएको भन्ने जानकारीमा आएको उपरीक्षक विसीले बताए ।