फ्रिजमा राखेको अण्डा नखानुहोस् स्वास्थ्यको लागि हानिकारक छ

एजेन्सी । फ्रिजमा राखेको अण्डा स्वास्थ्यका लािग हानी कारक हुने पत्ता लागेको छ । हामी फ्रिजको प्रयोग खानेकुरा ताजा राख्न गर्छौं । यदि तपाईहरु अण्डालाई पनि फ्रिजमा राख्नुहुन्छ भने यो उपयुक्त हुँदैन । यसो गरेमा एकदम नोक्सानी पुग्छ ।

फ्रिजमा राखिएको अण्डामा ब्याक्टेरिया पस्ने सम्भावना हुने हुदा यो स्वास्थ्यको लागि हानीकारक हुन्छ । अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई फेरि सामान्य तापक्रममा राख्दा कन्डेनसेसन ग्यासबाट लिक्वीड बन्ने प्रक्रिया बढ्छ । कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरियाको गति बढ्न सक्छ । यसबाट अण्डाभित्र ब्याक्टेरिया पैदा हुन्छन् ।

अण्डालाई फ्रिजमा राख्दा यसभित्रको तापमानमा पनि उतारचढाव आउँछ । यदि तपाईं अण्डाको प्रयोग बेकिङ प्रोडक्ट बनाउनका लागि हो भने त्यसलाई फ्रिजमा नराख्नु नै उचित हुन्छ ।

फ्रिजमा राखेका अण्डालाई फिट्न मुस्किल हुन्छ । जसले गर्दा रंग र स्वादमा फरक पर्छ। फ्रिजमा राखिएको अण्डा उमाल्नुभयो भने फुट्ने सम्भावना बढि हुन्छ । यसले अण्डाको पोषणमा असर गर्छ ।

कहिलेकाहीँ अण्डाको माथिल्लो भागमा फोहोर रह्यो भने त्यसले फ्रिजमा राखिएका अरु चिजहरुलाई पनि संक्रमण गर्न सक्छ । यस्तोमा अण्डालाई फ्रिजमा राख्दा कयौं प्रकारका संक्रमणका खतरा रहन्छ ।