हेलिकोप्टर अवतरण गर्न नसक्दा रोल्पा पु¥याईएका मत पत्र सदरमुकाम रुकुमकोट ल्याइयो

रुकुम(पुर्व) १२, मंसिर सदरमुकाम रुकुमकोटमा हेलिकोप्टर अवतरण गर्न नसक्दा रोल्पाको लिवाङ पु¥याईएका रुकुम(पुर्व)का ४ मतदान स्थलका मतपेटिका मंगलबार बिहान सदरमुकाममा ल्याईपु¥याइएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको हुकामबाट सोमबार बेलुकी अवेर उडेको हेलिकोप्टर रुकुमकोटको आकाशमा उडेपनि त्यहाँ अवतरण गर्न नसक्दा रोल्पाको लिवाङमा लगिएको थियो । रुकुमकोटको भिजिविलिटि स्पस्ट नभएका कारण मतपेटिका लिएर आएको हेलिकोप्टर अवतरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताए । रुकुमकोटमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ४ मतदान स्थलका मतपेटिका, मतदान अधिकृत र केही कर्मचारीहरुले सोमबारको रात रोल्पामै बिताए ।

जिल्ला सदरमुकाम देखि २ दिनको पैदल दुरीमा रहेका पुथाउत्तरगंगा गाउँपालिकाको हुकाम, रन्मामैकोट, मैकोट र पेल्मा गरी ४ मतदान स्थलका १२ ओटा मतपेटिका ओसार्न हेलिकोप्टरको प्रयोग गरिएको हो । मतपेटिका रातभर रोल्पाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको थियो । ४ मतदान स्थलका मतपेटिका पुगेसंगै जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाम पुगेका छन् । ३१ मतदान स्थल रहेको जिल्लाका अन्य २७ मतदान स्थलका मतपेटिका भने सोमबार नै रुकुमकोट पुर्याइसकिएको थियो ।

 

Promise Education Consultancy