हुम्लामा तारा एयरको विमान दुर्घटना हुदाँ पाँच जना घाईते

हुम्ला, १२ मंसिर । हुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । हुम्लाको सिमीकोट विमानस्थलमा विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना भएको प्रदेश नम्बर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा पाइलट अमित गुरुङसहित पाँचजना प्रहरी घाइते भएका छन् ।

निर्वाचन सम्पन्न गरेर प्रहरी लिएर सुर्खेत आउने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सिमीकोटमै उपचार भइरहेको छ । उद्दार जारी छ ।

दुर्घटनामा विमानको अगाडिको भागमा क्षति भएको छ । विमान दुर्घनाबारे थप अनुसन्धान भइरहेको छ भने उद्दारको काम जारी छ ।

 

.