चितवनलगायत देशैभर चिसो बढ्दै, पूर्वी पहाडी जिल्लामा हिमपातको सम्भावना

 

 

चितवन, मंसिर १२ । चितवन लगायत देशैभर चिसो बढ्न थालेको छ । सोमबारको तुलनामा न्यूनतम तापक्रममा केही कमी आएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार सोमबार राजधानीको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियस रहेकोमा मंगलबार ७ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

पूर्वी पहाडी जिल्लामा आंशिक बदली भई हिमपात हुन सक्ने पनि उनले जनाए ।