सुरक्षामा चुनौतीका चाङः यस्ता छन् चुनौती

काठमाडौं, १२ मंसिर । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने निष्कर्ष सुरक्षा निकायले निकालेका छन् । मंसिर २१ गते सात प्रदेशका बाँकी ४५ जिल्लामा चुनाव हुँदै छ ।
पहिलो चरणको चुनावी तयारी गरिरहेकै बेला ४० भन्दा बढी स्थानमा बम विस्फोट भयो भने सयभन्दा बढी स्थानबाट विस्फोटक पदार्थ बरामद भयो । निर्वाचन बिथोल्न खोज्नेहरू पाँच सयभन्दा बढीको संख्यामा पक्राउ परे ।
पहिलो चरणको चुनावमा सरकारले चुनावी सुरक्षा चुनौतीका रूपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई मात्रै औंल्याएको थियो । तर दोस्रो चरणमा विप्लवसँगै तराईका सशस्त्र समूह, सीके राउत, भोट खरिदबिक्री, सीमामा लुकेर बसेका आपराधिक समूह, खुला सिमानाका कारण हतियार तथा विस्फोटक पदार्थ सजिलै भित्रन सक्नेलगायत चुनौती थपिने आकलन गरिएको छ ।
दोस्रो चरणमा खासगरी प्रदेश २ लाई बढी संवेदनशील र सुरक्षा दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा विप्लवसँगै सशस्त्र समूह ९जयकृण गोइतलगायत० को सक्रियता, दलीय प्रतिस्पर्धाले ल्याउने झगडालगायत चुनौती प्रहरी मुख्यालयले औंल्याएको छ । आजको अन्नपूर्णपोष्टमा खबर छ ।

यी हुन् चुनौती
( नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता
( खुला सिमाना
( विस्फोटक पदार्थ सजिलै भित्रन सक्ने
( मधेसमा विद्यमान सुरक्षा संवेदनशीलता
( भोट खरिद(बिक्री
( आपराधिक समूहको सक्रियता