भरतपुर अस्पतालमा ट्राफिक व्यवस्थापनलाइ चुनौती

 

चितवन मंसिर १२ । भरतपुर अस्पतालको मुख्य गेट अगाडि अटोरिक्साहरुले ट्राफिक व्यवस्थापनलाइ चुनौति दिंदै आएका छन् । ट्राफिक प्रहरीले पटक पटक अटोरिक्सालाइ नियन्त्रणमा लिने गरेपनि अटो व्यवसायीहरुको लापरबाहि कायमै छ । विरामी र विरामीका आफन्तलाइ नै अवरोध पुग्ने गरि गेटमै पुगेर अटोरिक्सा व्यवसायीले यात्रु ओसार्ने गरेका छन् ।

अटो रिक्सा तथा ई रिक्सा चालकहरुले आफ्ना साधनहरु अस्पताल भित्रै लैजान थालेपछि मुख्य गेट बन्द गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले वताए ।

सो सडकको अस्पताल तर्फ पर्ने सडक लाइनमा पार्किङ निशेधका बोर्डहरु राखिएको छ । पार्किङ निशेधका बोर्डको धज्जि उडाउंदै अटो रिक्सा चालकहरुले ट्राफिक व्यवस्थापनलाइ चुनौति दिएका हुन् ।

भरतपुर अस्पताल भित्रै पनि विभिन्न ठाउंमा पार्किङ निषेध गरिएका ठाउंमा अस्पतालका कर्मचारीहरुको दादागिरीमा पार्किङ गरिंदै आएको छ । गार्डलाइ नै थर्काएर अस्पतालका कर्मचारीहरुले पार्किङ निषेधमा मोटरसाइकल पार्किङ गर्ने गरेको पाइएको छ ।

भरतपुर महानगरपालिकाले अटो रिक्सा तथा ईरिक्सा व्यवस्थापन गर्ने निर्णय गर्दा यसका चालकहरुले विभिन्न आन्दोलनहरु गर्ने गरेका छन् । स्वयम रिक्सा चालकहरुको गलत प्रवृत्तिका कारण अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा ट्राफिक व्यवस्थापनलाइ चुनौति दिने गरिएको छ । (

.