देशको आवश्यकता यसकारण हो बामगठबन्धन !

बाबुराम खरेल
यतिबेला चुनावी माहौलले देश तातिएको छ । नेपाली आम जनतामा आशा र विश्वासको नजर आएको छ, यो देशका पुरातन पंथीहरु तिलमिलाएका छनभने प्रगतिशील र परिवर्तनकारी शक्तिमा गति थपिएको छ । २०७४ मा सम्पन्न स्थानिय चुनाव र त्यसयता अहिलेको मंसिर १० गते सम्पन्न ३२ जिल्लाको चुनावको आकलन र २१ गते हुने ४५ जिल्लाको चुनावी आकलनले नयाँ संचार जनतामा उद्वेलित गरेको छ ।

त्यो शन्देश अब नेपाल गंजागोल, भद्रगोल र लथालिङ्ग होइन, नयाँ गतिले हाकिने छ त्यो भनेको अब नेपाल राजनेता, राष्ट्रनेता ओली र प्रचण्डको सुविचारित कदमबाट र संयुक्त वाम गठबन्धनको रणनैतिक उद्देश्य अनुरुप अघि बढने छ । यो आशाले नेपाल झनझनिएको छ र नयाँ कंपन र गतिका साथ अघि बढिरहेको छ ।
नेपालको भलो चाहनेहरु, संबृद्ध सुखी र अग्रगामी मात्र होइन समाजवादी रणनैतिक उद्देश्य चाहने नेपालीहरु आशातित वनिरहेका छन र हेरिरहेका छन अब मंसिरको अन्तिम हप्ता नेपालको राजनैतिक क्षितिज निर्णायक वन्दैछ र वाम जनमतको कारण देशले नयाँ दिशा लिदैछ र बहुमतको सरकार परिवर्तनका संवाहकको नेतृत्वमा बन्दैछ ।
अबको सरकार गरिव र निमुखाको हुनु पर्दछ यदि हो भने गुणात्मक परिवर्तनको संकेत शुरुवाति चरणबाट नै हुनेछ । कम्युनिस्टहरु यदि हेपिएका, थिचिएका, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका, दलित, आदिवासी, जनजाति, लोपन्मुख र सारमा श्रमजीवी जनताका पक्षधर हुनभने अब बहुमतको खाका आउन साथ दलालहरुबाट मुक्त हुनै पर्दछ । यदि दलालहरुले र भष्ट्रहरुले चुनावमा आर्थिक सहयोग पु¥याएका रहेछन भनेपनि उनीहरुलाई धन्यवाद दिदै अग्रगामी छलाङ्गको यात्रामा दलका नेताहरु अब पछि फर्कनु हुदैन , अब पछि फर्कनु भनेको देश र जनताको अहम् जिम्मेवारी प्रति गद्दारी हुनेछ ।
वाम नेताहरु अब दलालहरुबाट सतर्क होउ , यो देशको प्रगतिको अबरोधक राजा र सामन्तबाद भनेर अब हुदैन । अब जनताको पङ्तिको रुपमा प्रस्तुत हुने तर डरलाग्दो महाभुत भष्ट्राचारी, कमिशन खोर र दलालहरु नै हुन । उनीहरुले यदि नेताहरुलाई चुनावमा अवैध धन्दाबाट प्राप्त रकम अत्यधिक लगानी गरेका रहेछन भनेपनि आगामी यात्रामा उनीहरुलाई करको दायरामा आउन र दलाल मार्ग परित्याग गरी देशको स्वाभिमान, राष्ट्रियता, अग्रगमनमा आउन करछली नगर, नियम कानुनको परिपालना गर्दै राष्ट्रिय पुजिपतिको परिभाषा भित्र रहेर इमान देखाउन आग्रह गर्नै पर्दछ ।
नेपाली वामपंथी नेताहरुले अब जनताको गरीबी निवारणको काम गर्न, भूमिनीति प्रष्ट पार्न र सुकुम्वासी समस्या लगायतका जनताको खुशहालीका निमित्त प्रभावकारी विकास योजना आजको आवश्यकता हो ।
चिनिया नेता तेङ्गस्याओ पिङ्गको चर्चित भनाइ विरालो त्यो हो, राम्रो, नराम्रो, सेतो, कालो, टाटेपाटे जे होस उसले यदि मुसा मार्न सक्तैन भने त्यो विरालो हुन सक्तैन भने जसरी शासन व्यवस्था नाम जे भए पनि काम र गुणका हिसावले लोक कल्याणकारी जनहितकारी भएन भने काम लाग्दैन भन्नु भए जसरी अब हुुने सरकारले प्रभावकारी काम गर्न जरुरी छ ।
निश्चित छ, पहिलो चरणको चुनावले संकेत गरिसकेको छ , २१ गते हुने चुनाव परिमाणमा पनि जनताले वामपंथी गठबन्धनको पक्षमा निर्णायक गोल हान्दैछन । त्यस कारण नेतृत्वले चुनाव पछि पनि घोषित लक्ष्य अनुरुप काम गर्नुपर्ने र एउटै कम्युनिष्ट पार्टी बनाएर अगाडि बढनु पर्ने आवश्यकता छ ।
यदि चुनाव भएपछि देशले मागेको, जनताले चाहेको, तलका कार्यकर्ताले व्यापक खुशीका साथ समर्थन गरिसकेको बामगठबन्धनलाई चुनाव पछि नेताहरुका तुष्टिका कारण भाडन खोजियो भने त्यो परिघटना दुर्भाग्यपुर्ण हुनछ ।
काम गर नेताहरु जनतासाथमा छन गाउँ गाउँमा जनताको भावना उर्लिरहेको छ , यसर्थ अब वाम गठबन्धन राष्ट्रको आबश्यकता, आजको समयको माग हो । यसको हेक्का होस सुविचारित जनमत यो देशमा प्रकट हुन गै रहेको छ । वामपंथी सरकार वन्ने कुरालाई कसैले रोकेर छेकेर छेकिने छैन यसलाई ख्याल गर्दै सबै जिम्मेवार वनुन आजको नेपालको वस्तुगत परिस्थितिले यही माग गरेको छ ।