चितवनमा ४ जना व्यवसायिक गुण्डा पक्राउ

चितवन, ११ मंसिर । चितवनमा निर्वाचन विरोधी अभियान निस्तेज पार्ने अभियान अन्र्तगत ४ जना व्यवसायिक गुण्डा पक्राउ परेका छन् ।
निर्वाचनलाई भयरहित तथा अपाध मुक्त तुलाउन जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको एक टोलीले भरतपुर म.न.पा.वडा नं.११ बस्ने बर्ष ३३ को अमित लामा र भरतपुर म.न.पा.वडा नं.१० बस्ने बर्ष ३६ को सचिन गुरुङलाई भरतपुर महानगर ११ अमनचोकबाट र भरतपुर म.न.पा.वडा नं.२ बस्ने बर्ष १७ को राजन परियार र भरतपुर म.न.पा.वडा नं.२ बस्ने बर्ष २० को राजेन्द्र परियारलाई भरतपुर ओरालोबाट पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।
जस मध्ये अमित र सचिनले बिभिन्न व्यापारी तथा सर्व साधारणहरुलाई रातको समयमा फोन गरी धम्की दिई रकम माग गरेको गुनासोको अधारमा र राजन र राजेन्द्रलाई सार्वजनिक स्थानमा हातमा फलामे हतियार खुँडा बोकी प्रदर्शन गरी सर्व साधारण मानिसहरुलाई आतंकित बनाएपछि पक्राउ गरेको उनले बताए ।