वडा अध्यक्ष सक्रिय हुदाँ गरगरे–पावस मोटरबाटो खोलियो

यादव चौलागाई
बकैया, ११  मंसिर । बकैया गाँउपालीका ४ नंम्वर वडा कार्यलयको पहलमा बकैया जुरेली फाटमा सडक विस्तार गरीएको छ ।
वडा अध्यक्ष राजन दङ्गालको पहलमा १५ वर्षदेखी सडक विस्तार गर्ने योजना स्थानिय जग्गा धनिको अवरोधका कारण विस्तार गर्न सकिएको थिएन ।

१५ वर्ष अघि देखी जुरेली माझी गाउ हुदै ५ नंवरको पावस तथा वकैया ६ र ७ नं वडाका जनता लाभान्वित हुने उक्त सडकखण्डको विस्तारको लागी पटक पटक बजेट छुटयाउदा समेत खर्च तथा सडक जग्गा किचलो र विवादका कारण बन्न नसकेपछि वडा अध्यक्ष दङ्गाल तथा स्थानिय अगुवाहरुको पहलमा खोलीएको हो । कृषी उपज समेत खेतबाट ल्याउन तथा लैजान सकेत ठुलो समस्या देखीएपछि बाटो खोल्न डोजर प्रयोग गरीएको थियो ।
बकैया ४को गरगरेबाट ५ नंबरको पावस तथा जुरेली माझी गाउँबाट खेतैखेत ७ नम्वरको खरकटाइ समेत विस्तारीत बाटोले जोडेको छ । २ लाख रुपैयाको लगानीमा ६ मिटर मोटरबाटो हुने गरी सडक विस्तार गरीएको अध्यक्ष दङगालले बताउनुभयो ।