नवौँ संस्करणको रत्ननगर महोत्सव कृषि र पर्यटन विशेष, तयारी तीव्र (भिडियो)

चितवन ११, मंसिर । पूर्वी चितवनको रत्ननगरमा हरेक दुई⁄दुई बर्षमा आयोजना हुने रत्ननगर महोत्सव यो पटक कृषि र पर्यटन विशेष हुने भएको छ ।
कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको रत्ननगर क्षेत्रको विकासलाई तिव्र रुपमा अगाडी बढाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहकार्यमा कृषि र पर्यटन विशेष बनाउन लागिएको हो ।

नवौं संस्करणको महोत्सव आगामी पुस २७ गतेदेखि माघ ७ गते सम्म चल्ने महोत्सव क्षेत्रीय रंगशालाका लागि प्रस्तावित टिकौली चौरमा हुने सौराहामा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

 

 

चितवनमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिदै रत्ननगर उद्योग वाणिज्य संघ चितवनको आयोजना र परियोजनाको सह आयोजनामा महोतसव हुने मुल समिति संयोजक तथा संघ अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।
कृषि र पर्यटनसगैँ महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रर्वद्धन, सम्बन्धि ४ सय ५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । स्थानीय तथा स्वदेशमा उत्पादीत बस्तुको प्रदर्शनीका लागि पनि स्टलहरु रहनेछन् । कृषिलाई प्राथमिकतामा राखिएको यो पटकको महोत्सवमा पाँचलाख भन्दाबढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।


महोत्सव अवधिभर करिब ५० करोड भन्दाबढीको कारोवार हुने आयोजकको विश्वास छ ।
महोत्सव सफल बनाउन आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको संयोकत्वमा मुल समित गठन गरिएको छ भने विभिन्न ३३ वटा कार्यगत समितिहरु गठन भएको छ । महोत्सवमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगीता सँगै ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, मह सँगै चितवनमा कृषिको सम्भावना भएका विषयलाई विशेष जोड दिएको संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
परियोजना अन्तरगत ५०० हेक्टरमा कृषि जोन कार्यक्रम सञ्चालन भएकाले महोत्सवमा विशेष कृषिको व्यवसायीकरणमा जोड दिएको आयोजकको दावी छ ।

कृषि विशेष
महोत्सवको कृषि विशेषमा माछा, केरा, तरकारी तथा फलफुल, च्याउ, पोल्ट्रको छुट्टा छट्टै परिसर हुनेछ । महोत्सवमा विदेशी प्रदर्शकहरुको समेत सहभागीता रहनेछ । अन्तराष्ट्रिय प्रदर्शकहरुमा बंगलादेश, पाकिस्तान, भारतबाट सहभागीहुने आयोजकको भनाई छ । महोत्सवबाट प्राप्त आर्थिक आम्दानीले सामाजिक विकासको लागि खर्च गरिने संयोजक रेग्मीको भनाई छ । यस अघिका महोत्सव गर्दा भएका आम्दानीले समेत शौचालय बनाउने देखि सामुदायिक विद्यालयमा शिक्षाका लागि खर्च गरिएको उहाँले बताउनुभयो ।
पर्यटन विशेष
यस वर्षको महोत्सवमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्तर्गत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराईचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बीसहजारी ताल सँगै टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचार प्रशारको व्यवस्था समेत मिलाईने आयोजकले जनाएको छ ।
प्रत्येक दुई दुई वर्षमा आयोजना हुँदै आएको रत्ननगर महोत्सव उद्योग बाणिज्य संघ रत्ननगर र रत्ननगरनगरपालिकालेको संयुक्त आयोजनामा हुँदै आएको थियो ।
यो पटक नगरपालिका स्थानीय सरकारमा परिणत भएकाले महोत्सवको संरक्षकको भूमिकामा नगरपालिका रहेको रत्ननगर नगरपालिकाका प्रमुख नाराण बनले बताए । उनले अब आयोजना हुने मेला महोत्सवहरु पलायन हुने युवाहरुलाई रोक्न प्रेरणा दिने खालको हुनुपर्नेमा जोड समेत दिए ।
महोत्सवमा दैनिक जसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक सांगेतीक प्रस्तुतीहरु रहनेछन् ।
यो पटक सांगेतीक कार्यक्रम संगै विभिन्न आदिवासी जनजातिका भेषभुषा तथा नृत्य सहितको कला संस्कृति प्रदर्शनी गरिने आयोजकको भनाई छ ।