आफ्नै दुध बेचेर खर्च जुटाउँदै एक युवती

आफ्नो खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिरहेकी छिन् ।बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर बिक्रि गरिरहेकी हुन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले बताएकी छिन् ।
चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली एक वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।
उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको छ । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकी छिन् ।
आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् ।
उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले सुनाइन् ।

Promise Education Consultancy