नारायणगढ मुग्लिन -सडक खण्डमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, ११ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको ना ५ ख २५६६ नंको ट्रकले आइतबार राति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०–५२ वर्षीय एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन ।ट्रक र चालकलाई प्रहरी चौकी सिमलतालले नियन्त्रणमा लिएको छ ।

.