धादिङमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

धादिङ, ११ मंसिर । धादिङमा मोटर साईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । आज विहान त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको हो ।

सोमबार विहान भएको दुर्घटनामा ज्यान जानेमा ३० बर्षीय जितेन्द्र अधिकारी र भुवन पान्डे रहेको प्रहरीले जनाएको छ । बा ८९ प ७२७ नम्बरको मोटरसाइकल सल्यानटारबाट आरुघाट जाँदै गर्दा अनियन्त्रित भर्इ भिरबाट लडेर दुर्घटना भएको हो ।

Promise Education Consultancy