मतदान गर्न नपाउँदा ७२ बर्षे दिकबहादुर शय्यामै छट्पटी

काठमाडौँ, ११ मंसिर । ७२ बर्षे दिकबहादुर मगर आईतबार शिक्षण अस्पतालमाको आकस्मिक उपचार कक्षमा कृत्रिम स्वास्प्रश्वास लिँदै छटपटाईरहेका थिए ।

दुई दिनअघि छोराहरुसंग मतदान गर्ने ईच्छा ब्यक्त गरेका मगरको एक्कासि हातखुट्टा चल्न छोडेपछि मतदान गर्ने धोको अधुरै रह्यो ।

गाउँलेहरु पंक्तिबद्ध भई मतदान गरिरहेका बेला दोलखा मेलुङका दिकबहादुरसंगै तीन छोरा र नाति अस्प्तालको शय्यामा टोलाईरहेका थिए ।

उनी बिरामी हुँदा तीन पुस्ताले मतदान गर्न पाएनन् ।
मतदानको दिन बिरामी कुरुवाले रेडियोमा समाचार सुनेरै चित्त बुझाए ।, आजको अन्नपूर्णपोष्टमा खबर छ ।