बोलेको पूरा गर्छौँ : अविनास

चितवन, १० मंसिर । प्रदेश सभा चितवन क्षेत्र नं. २ (क) का उम्मेदवार घनश्याम दाहाल ‘अविनास’ले ले बाम गठबन्धनको सबै उम्मेदवार चितवनमा विजयी हुने बताउदै अब बन्ने बामपन्थी सरकारले बोलेका कुरा पूरा गर्ने बताएका छन् । पदमपुर क्षेत्रमा घरदैलो एवं मतदाता भेटघाट पछिको कोण सभामा बोल्दै उम्मेदवार दाहालले सुकुम्बासी समस्या समाधान र विकास निर्माण कार्यको लागि आफू सधैँ जनतामाझ रहिरहने बताए ।