लोकतन्त्रको रक्षाको लागि कांँग्रेसको जित अपरिहार्य: बुर्लाकोटी

चितवन (खैरहनी), १० मंसिर । आसन्न निर्बाचन चितवन क्षेत्र न १ प्रतिनिधीसभाका उमेदवार राजेन्द्र प्रशाद बुर्लाकोटिले कम्युनिष्ट पार्टिलाई पराजित गर्न र लोकतन्त्रलाई वलियो वनाउन पनि नेपाली कांग्रेसले अहिले जित्नै पर्ने बताएका छन । पछिल्लो समयमा कम्युनिष्ट पार्टिले कम्युनिष्ट शासन लाद्ने दुश्प्रयास गरेकाले अव कम्युनिष्टहरुलाई कमजोर वनाउन र चितबन जिल्लालाई कांग्रेस किल्ला वनाउन शशक्त रुपमा प्रचार प्रसारमा सकृय हुने उद्घोष गरे ।

खैरहनी बडा न ४ मा भएको घरदैलो कार्यक्रम अन्तर्गत गरीएको कोणशभामा बोल्दै उहाँले अवको चुनाब नेपाली काग्रेसले जिते कंकाली सामुदायीक बनलाई बोटानिकल गार्डेन को रुपमा बिकसीत गर्ने योजना रहेको बताउनुभयो । यस्तै गरी उहाँले कंकाली सामुदायीक बनबाट आयआर्जन गर्नका लागी कानुनी ब्यबधान हटाई सहज बनाउन पहल गर्नै ।अब्यबस्थीत रुपमा बसोबास गरेका सुकुम्वासीबस्तीलाई ब्यबस्थीत बसोबास स्थल निर्माण गर्ने ,शुद्ध पिउने पानीका लागी उचित प्रबन्ध गर्ने , बाटो बिस्तार गर्ने लगाएतका योजना रहेको र त्यस्का लागी छिटै पहल थालीने उमेदवार बुर्लाकोटिले प्रष्ट पार्नु भयो ।

कोण सभालाई सम्वोधन गर्दै उहाँले आफु धेरै दुख र संघर्ष गरेर राजनितिमा आएकाले जनताको भावना वुझेर अगाडि वढ्ने वताए ।

Promise Education Consultancy