प्रदेश र स्थानीय तहमा पूर्वाधार विकासका लागि बाम गठबन्धन – नवलपुरका बाम उम्मेदवार

गैँडाकोट, १० मंसिर ।

नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार भविसोर पराजुलीले बामगठन्धनको सरकारले प्रदेश र स्थानीय तहलाई सुदृढ, संविधान प्रदत्त अधिकारको अभ्यास गर्न सक्षम र आधारभूत लोकतन्त्रको नमुनाको रुपमा विकास गर्ने बताउनुभएको छ ।

(  भिडियो हेर्नुहोश… )    click  here     MVI_2294   

 

 

 

नवलपुर क्षेत्रका विभिन्न स्थानमा भएका चुनावी घरदैलो कार्यक्रममा प्रदेश क का उम्मेदवार सूर्य न्यौपाने र प्रदेश ख का उम्मेदवार रोशन गाहा मगरले बामगठबन्धनको सरकारले प्रदेश र स्थानीय तहमा पूर्वाधार विकासका

 

 

 

लागि आगामी पाँच वर्षसम्म राष्टिय राजश्वसको ५० प्रतिशत हिस्सा उपलब्ध गराउने भएकाले पनि नवलपुर क्षेत्रको विकास सम्भव रहेको भन्दै जिताउन आग्रह गरेका थिए । बाम गठबन्धनले आज गैँडाकोट क्षेत्रमा पनि चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तिव्रता दिएका छन् । गैँडाकोट ८ मा आज प्रतिनिधी सभा सदस्य उम्मेद्धार भविस्वर पराजुली र प्रदेश सभा सदस्य पदका उम्मेद्धार सुर्य न्यौपाने, बाम गठबन्धनका प्रसार प्रचार समिती संयोजक कृष्ण पौडेल सहितको टोलीले घरदैलो गरेको प्रदेश सम्पर्क कार्यालयका सचिवले जानकारी दिनुभयो ।

बाम गठबन्धनको चुनावी अभियानमा सर्वसाधारणले उत्साहपुर्णरुपमा समर्थन गरेको जनाएको छ । घरदैलोको क्रममा उम्मेदार पराजुलीले संघ संस्थाका र सामुहीक एकताको दरिलो उदाहरण गैँडाकोट ८ मा संघ संस्थासंगकै सहकार्यमा विकासका कामले गती लिने बताउनुभयो । उहाँले त्यसका लागि नवलपुरमा नयाँ बाम गठबन्धनको नयाँ नेतृत्वको आवश्यक रहेको बताउनुभयो । उहाँले गैँडाकोट क्षेत्रका युवाको सिपको उचीत सम्बोधन गर्न युवाकै नेतृत्व आवश्यक रहेको बताउनुभयो । बामगठबन्धनले आज गैँडाकोटका वडा नंम्बर ८, ४ र ५ मा चुनावी घरदैलो संचालन गरेको हो ।
यसैबिच भोली गैडाकोट नगरपालिकाको वडा नंम्बर ६ र ११ मा चुनाबी घरदैलो संचालन गर्ने बाम गठबन्धनले जनाएको छ ।